चर्चित गायिका एलिना चौहानले तीजको अवसर पारेर आफ्नो जीवनका अनुभव र पीडा समेटिएको नयाँ गीत सार्वजनिक गरेकी छन् । ‘एक दिन त पछुताउँछ’ शीर्षकको तीज गीतमा उनले आफ्नै विगतका घाउ, पीडाका साथै आत्मबललाई भावुक अभिव्यक्तिमा प्रस्तुत गरेकी छन् ।
गीतमा गायिका एलिना चौहानलाई लोकप्रिय गायक खुमन अधिकारीले स्वरमा साथ दिएका छन् । गीतको शब्द गायत्री थापाले लेखेकी हुन् भने लय खुमन अधिकारीकै रहेको छ ।
म्युजिक भिडियोमा खुमन अधिकारी, स्मारिका ढकाल, गायत्री थापा र विन थापाले अभिनय गरेका छन् । भिडियोलाई जीवन कुमार ज्ञवालीले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । दुर्गा पौडेलको छायांकन र नविन घर्तिमगरको सम्पादन रहेको भिडियोले गीतको भावनालाई प्रभावशाली ढंगले दर्शाएको छ ।
प्रतिक्रिया