केन्ट एफ सी र क्यू जीएस ब्लूलाई गोर्खा कप

केन्ट एफ सी र क्यू जीएस ब्लूलाई गोर्खा कप


g-cup-15अल्डरसट । गत आइतबार अल्डरसटमा आयोजित यो सालको गोर्खा कप फूटबल प्रतियोगितामा साविकी समयमा अन्त हुँदाको नतिजा यस प्रकार रहेको छ, भेट्रानतर्फ केन्ट एफ सीले हङकङ फोर्टीलाई ३-० ले पराजित गर्‍यो। त्यस्तै युवातर्फको खेलमा क्यू जी एस [ब्लू]ले पेनल्टीमा रेडिङ युनिटिलाई ५ का बिरुद्ध ४ गोलले पराजीत गरेको छ। पांचको बिरुद्ध चार गोलले पराजीत गरेको छ।
अत्यन्त सौहाद्र वातावरणमा सम्पन्न १३ औं गोर्खा कप फूटबलका बेस्ट प्लएर प्लेयर मोहन राई -क्यूजी एसका गोल्कीपर र हाइएस्ट स्कोरर सहरा फूटबलका ओनर जसले पक्ष गोल गरेका थिए भएका छन् ।
यस गोर्खा कप एवम् जी २०० को खेल प्रतियोगिताको प्रथम पुरुस्कार £ १५०० राशीको प्रायोजक चन्द्रमान गुरुङ -घान्द्रुक र रनरअपको पुरुस्कार राशी £ ७५० राशीको प्रायोजक-अश्मिता इन्स्टिट्युटका एल एन पाण्डे थिए।
मौसमले राम्रो साथ दिएको यो सालको गोर्खा कपमा सहभागीहरुको राम्रो नै उपस्थिति रहेको थियो । स्थानीय बजारहरुको स्टलहरुका साथै खानपानको राम्रो व्यवस्था रहेको कार्यक्रम स्थल निक्कै उल्लासमय देखिन्थ्यो । चितवन एैड्स ट्रस्टले नेपालको भूकम्प पीडितहरुका लागि सोही दिन दश हजार पाउण्डको नगद राहत संकलन गरेको छ ।
-रोहित
तस्वीर: भीम बानिया, वाँकी तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्
[youtube]https://www.youtube.com/watch?v=kXFKf-4yoNc[/youtube]
Video from Radio Rhino