न्यु हवेली, गाेर्खा कप, बीपी फेल्थाम, क्षेत्री समाज, हङकङेली नेपाली समाज यूके अादिबाट भूकम्प पीडितहरूका लागि लाखाैं संकलन
लन्डन । नेपालमा भूकम्पले निम्त्याएको महाविपत्तिपछि विश्वभरका देशहरूमा रहेका नेपालीहरु एक जुटहुदै आआफ्नो स्थानबाट सहयोग संकलन गर्ने क्रम जारी छ । प्रारम्भिक चरणमा गरिएकाे एक अांकलित हिसावअनुसार नगदै दिने भए पनि प्रति व्यक्ति लाखाैं रूपैंया वितरण गर्न सकिने रकमहरू उठेकाे विभिन्न समाचारहरूमा बताइएकाे छ । महिनाैं नाघिसक्दा पनि देश विदेशमा भूकम्प पीडितहरूका लागि च्यारिटि गरी राहतहरू संकलन गर्ने कार्य राेकिएकाे छैन । मर्दा पर्दा गर्नु पर्छ भन्ने नेपाली उखानको भावनामा रहेर सबै तिरबाट एकताको भावना जगाउने काम भइरहेको छ । आकस्मिक उद्दारदेखि राहत तथा प्रारम्भिक पुनस्थापना समेतका लागि विभिन्न मुलुक तथा गैरआवासीय नेपालीहरुबाट सहयोग आइरहेका छन् ।
यसै क्रममा व्यक्तिगत तथा समूहगत रुपमा विपतमा परेका नेपालीहरुलाई सकेको सहयोग गर्ने नेपाली मनहरु पनि प्रशस्तै देखिएका छन् । त्यस्तै मध्यको फेल्थामस्थित बेडफाेेन्ट लेकमा रहकाे वीपी कम्पनीमा काम गर्ने नेपालीहरूलार्इ स्थानीय समाजका स्टाफहरूले सघाएर नेपाली खानाहरूका स्टल राखी गरिएकाे च्यारिटि लन्च वुफेबाट लाखाैं रूपैंया उठाइएकाे त्यहीं काम गर्ने मन्जु गुरूङले बताएकी छिन् भने हङकङ नेपाली मन्च यूकेका अध्यक्ष भीम गुरूङका अनुसार साे संस्थाले पनि लाखाैं रूपैंया उठाइसकेकाे छ । त्यस्तै एक वकिङ्गमा रहेको न्यू हवेली रेष्टुरेन्टले पनि नेपालका भूकम्प पीडितको सहयोगार्थ सोमवार एक च्यारिटी डिनर कार्यक्रम गरी सात लाख रुपैयां संकलन गरेको छ ।
झण्डै ३ सय जना सहभागी डिनरमा संकलित सम्पूर्ण रकम भूकम्प पीडितका लागि नेपाल पठाइने सो रेष्टुरेन्ट व्यवस्थापक सुनील खड्काले जनाएका छन् । नेपाली व्यवस्थापनमा सञ्चालित रेष्टुरेन्टमा नेपाली तथा विदेशी कामदार समेत कार्यरत छन् । स्थानीय मेयर डारिक म्याकनको समेत बिशेष उपस्थितमा भएको सो कार्यक्रममा बेलायती समुदायको ब्यापक उपस्थिति थियो । गत अाइतबार भएकाे गाेर्खा कपमा चितवन एैड्स ट्रस्टले नेपालको भूकम्प पीडितहरुका लागि सोही दिन दश हजार पाउण्डको नगद राहत संकलित भएको छ । यता लन्डन बराेह अफ हान्स्लाेले हेल्प नेपाल र नेपाल पत्रकार महासंघ बेलायत शाखासँगकाे सहकार्यमा गरेकाे क्यान्डल लाइटमा उठाइएकाे नगद राहत ए१ लाख ३६ हजार ९ सय रूपैंया पुगेकाे पत्रकार महासँघका बेलायत शाखाका अध्यक्ष चिरन शर्माले बताएका छन् । यता क्षेत्री समाज बेलायतले पनि लाखाैं संकलन गरिसकेकाे अध्यक्ष प्रेम खडकाबाट थाहा लागेकाे छ ।
अागामी २८मा लन्डनस्थित दूतावासमा चार भन्ज्याङ समाजले भूकम्प पीडितहरूलार्इ स्थलगत राहत दिनका लागि समाजले गर्दै गरेकाे कार्यक्रमलार्इ गति दिन बेलायती समाजका अग्रणीहरूलार्इ अाह्वान गरेकाे छ । केहीअगाडि दूतावासमा स्थापित गरिएकाे हेल्प डेक्सबाट भूकम्प पीडितहरूलार्इ सहयाेग गर्नका लागि प्लाटफर्म बन्दै गरिएकाे कार्यबाट दर्जनाैं नेपाली संघसंस्थाहरूले अाफूले उठाएकाे रकमहरू प्रधानमन्त्री काेषमा पुग्ने गरी बुझाउन सकिने प्रावधानमा लाखाैं बुझाइएकाे छ । एक कराेडभन्दा बढी साेही व्यवस्थाअनुसार बुझाइएकाे बताइएकाे छ ।
प्रतिक्रिया