प्लमस्टिड, लण्डनका युवाहरुदवारा राहतका लागि च्यारिटि

प्लमस्टिड, लण्डनका युवाहरुदवारा राहतका लागि च्यारिटि


11229985_10154006735974848_8410140609487312005_n
लण्डन ः नेपालमा हालसालै गएको महाभूकम्प पीडितहरुका लागि विदेशमा बस्ने नेपाली मात्र नभई लगभग संसारका विभिन्न राष्ट्रहरुका जनताहरुले सहनुभूति स्वरुप सहयोग गरिरहेका छन् । यसमा विदेशमा बसोबास गर्ने नेपालीहरुको विशेष महत्वपूर्ण योगदान रहेको छ । विभिन्न च्यारिटि तथा कार्यक्रमहरु सम्पन्न गर्ने क्रममा प्लमस्टिडका युवाहरुले एउटा च्यारिटि कार्यक्रम सम्पन्न गरेका छन् ।
11266591_10152870669291179_5656716844218396159_n (1)
दिनांक १५ मई, २०१५का दिन साईजल गुरुङको संयोजकत्वमा यहाँका युवाहरु मिलेर लण्डनको वुलविच स्थित लोटाज क्लबको हलभित्र विभिन्न मनोरञ्जनात्मक गीतहरु प्रस्तुत गरेर च्यारिटि कार्यक्रम सम्पन्न गरेका छन् । यस कार्यक्रममा लगभग ३०० जना युवायुवतीहरु सहभागी भएका थिए । यस कार्यक्रममा लाईभ ब्याण्डमा दाजुभाई ग्रुप, आरके स्क्वाएर, अभियान, प्रतिक राना तथा प्रतिभा तामाङ आदिले संगीत र आफ्नो गीतहरु गाएर सहभागीहरुलाई विशेष उमंगको साथ मनोरञ्जन दिन सफल भएका थिए । त्यस्तै लाईभ ब्याण्डमा गीतहरुको प्रस्तुतीको साथसाथ नृत्यहरु प्रस्तुत गरेका थिए । सिन्स टिम, नभोउ गलेइ घले, एलिजा श्रेष्ठ, खोडे व्याईज तथा प्रमिला मगरको विशेष नृत्य रहेको थियो ।
11255850_924426087577491_3472254912889730547_n
11205550_10200572903442684_2099261552209266770_n
च्यारिटिका लागि मनोरञ्जनात्मक कार्यक्रम शुरु गर्नु अघि महाभूकम्पमा दिवंंगत भएकाहरुलाई श्रद्धान्जली स्वरुप एक मिनट मौन धारणा गरेर, राष्ट्रिय गान तथा द्वीप प्रज्वलनबाट कार्यक्रम शुरु गरेको थियो । यस कार्यक्रमलाई दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनले विशेष सहयोग गर्नुका साथै युवाहरुको मनोबल बढाउनका लागि अध्यक्ष श्रीचन्द्र गुरुङ तथा समाजका सह–कोषाध्यक्ष ह्यारी गुरुङको विशेष भूमिका रहेको थियो । ३०० जना जति सहभागी रहेको यस कार्यक्रमबाट नेपालका भूकम्प पीडितहरुका लागि लगभग पच्चीस सय पाउण्ड राहत रकम संकलन गर्न सफल रहेको सूचना कार्यक्रम संयोजक साईजल गुरुङले बताएका छन्