भूकम्प पीडितहरुका लागि सोसाइटी अफ नेप्लिज हाइली स्किल्ड प्रोफेसनल, यू.के. च्यारिटि डिनर नाइट

भूकम्प पीडितहरुका लागि सोसाइटी अफ नेप्लिज हाइली स्किल्ड प्रोफेसनल, यू.के. च्यारिटि डिनर नाइट


DSC_0052लण्डन । गत अप्रिलमा आएको महाभूकम्पले मातृभूमि नेपाललाई क्षत विक्षत गरी जर्जर बनाएको र प्रशव पीडामा राखिरहेको अनुभव सारा प्रवासी नेपालीहरुले गरिरहेका छन् । भूकम्प पीडित जनसमुुदायको सहयोगार्थ रु.सात लाख नेपाली राजदूतावास लण्डनलाई उपलब्ध गराइसकेको सोसाइटी अफ नेप्लिज हाइली स्किल्ड प्रोफेसनल यू. के. अझै निरन्तर चन्दा संकलन अभियानमा जुटी रहेको छ । उक्त संस्थाले हिजो इस्ट हामको एम्मा चेट्टिनाडू रेस्टुरेन्टमा प्रे फर नेपाल च्यारीटि डिनर नाइट आयोजना गरेको थियो । संयुक्त अधिराज्यका सांसदद्वय लिम व्राउन तथास्टेफेन जिम्स, न्यूह्यामका काउन्सिलर जुलियान मेरोइट, डार्टफोर्डका काउन्सिलर वच्चुकैलाश कैनी र सोसाइटी अफ नेप्लिज हाइली स्किल्ड प्रोफेसनल यू. के. का अध्यक्ष नारायण भट्टराईले संयुक्त रुपमा पानसमा वत्ति बाली कार्यक्रमको शुभारम्भ गरेकाथिए ।
पंडित नीलहरी घिमिरेले मृत आत्माको कामना गर्दै एक मिनेट मौन धारण गराएका थिए । घिमिरेले नेपाल र नेपालीको आगामी समय शुभ रहोस् भन्दै स्वस्ति वाचन गरेकाथिए । उपस्थित सबैले शान्तिको कामना गर्दै पुष्प अर्पण गरेका थिए ।
कार्यक्रममा संयुक्त अधिराज्यकी संसद सदस्य लम व्राउनले भूकम्पवाट प्रभावित बाल बालिकाहरुका निम्ति मासिक रुपमा आर्थिक सहयोग गर्ने इच्छा व्यक्त गरिन् । नेपालको पूनरनिर्माणको लागि बेलायत सरकारले अन्र्तराष्ट्रिय संस्थामार्फत् दिने सहयोग रकम चाँडो नेपाल पु-याउन संसदमा कुरा राख्नेसमेत बताईन् । कार्यक्रममा डार्टफोर्डका काउन्सिलर बच्चुकैलाश कैनीले यो कार्यक्रम मानवीयताको हिसावले सर्वोत्तम उदाहरण हो भने । युनिभर्सिटी कलेज लण्डनका लेक्चरर डा. तेजेन्द्र फेरालीले महाभूकम्पले पु-याएको मानवीय तथा भौतिक क्षतिका बारेमा स्लाइड प्रदर्शन गरेका थिए । काउन्सिलर जुलियान मेरोइटले सगरमाथा बेस क्याम्प गएको अनुभव सुनाउँदै आफ्नो शुभेच्छा राख्दै ग्रामिण क्षेत्रमा सहयोग जरुरत रहेको बताईन् । अर्की काउन्सिलर जोय लागडाले आफू तथा काउन्सिलको तर्फबाट सहयोग गर्ने आश्वासन दिईन् । त्यसैगरी काउन्सिलर पउल साथिएनेसनले पीडितहरुलाई आशा, भरोषा र साहास जुटाउन उत्तिकै महत्वपूर्ण रहेको धारणा ब्यक्त गरे ।
दोश्रो चरणमा सांगितिक कार्यक्रम प्रस्तुत गरिएको थियो । गायक श्री दिपक थापाले जहां छन् वुद्धको आँखा लगायतका गीत गाएकाथिए। उनलाई हारमोनियममा सुनील अधिकारी र तबलामा मनोज शिवाले साथ दिएका थिए । त्यस्तै दीप गिरी, अपेक्षा न्यौपाने र यसस्वि भट्टराइले राफल चिठ्ठाबाट पनि उल्लेख्य रकम संकलन गरेका थिए । उक्त राफलको पुरस्कारको प्रायोजन गुर्खा एजेन्सीका डाइरेक्टर ललित न्यौपानेले गरेकािथए । साथै कवि श्री विनोद न्यौपाने र दिनेश पौडयालले समसामयिक कविता वाचन गरेकाथए । आयोजक संस्थाका कोषाध्यक्ष विष्णु न्यौपानेका अनुसार सो साँझमा १५०१ पाउण्ड उठेको छ ।
Doctorआफ्नो अमूल्य समय दिई कार्यक्रममा सरिक हुनु भएका एम पी, काउन्सिलर, विभिन्न संघसंस्थाका प्रतिनिधि, खाना र हलको प्रायोजक रेस्टुरेन्टका मालिक राजकुमार तथा उपस्थित सबै सदस्य तथा अन्य गण्यमान्य व्यक्तिहरु, कलाकार तथा स्वंयसेवीहरुलाई संस्थाका अध्यक्ष नारायण भट्टराईले हार्दिक धन्यवाद तथा आभार ब्यक्त गरे ।
उक्त प्रे फर नेपाल डिनर नाइट च्यारिटी कार्यक्रमको संचालन समीर प्याकुरेल, निविदीता गौतम र अस्मिता पाण्डेले गरेका थिए ।
-दीप गिरी