सुनचाँदीको मूल्य निरन्तर अकासिँदो : तोलाको रु. दुई लाख २३ हजार २००

सुनचाँदीको मूल्य निरन्तर अकासिँदो : तोलाको रु. दुई लाख २३ हजार २००


विगत केही सातादेखि सुनचाँदीको मूल्य निरन्तर वृद्धि भइरहेको छ । गत शुक्रबारको तुलनामा आज (१२ असोज) बजार खुल्दा सुनको मोल तोलामा रु ७०० र त्यति नै तौलको चाँदी रु ७० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख २३ हजार २०० तथा त्यति नै परिमाणको चाँदीको मूल्य रु दुई हजार ८१० निर्धारण भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ७५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।