दशैंको अवसरमा मनकामना केबलकार तीन दिन बन्द रहने

दशैंको अवसरमा मनकामना केबलकार तीन दिन बन्द रहने


यस वर्षको महानवमी (असोज १५ गते, अक्टोबर १), विजया दशमी (असोज १६ गते, अक्टोबर २) तथा एकादशी (असोज १७ गते, अक्टोबर ३) का अवसरमा केबलकार सेवा सञ्चालन नहुने मनकामना केबलकार प्रा.लि. ले जनाएको छ । यस अवधिमा सेवाग्राहीलाई पर्नसक्ने असुविधाप्रति कम्पनीले क्षमायाचना गरेको छ ।

नियमित सेवा असोज १८ गते (अक्टोबर ४), शनिबारदेखि पुनः सुचारु हुने जानकारी दिँदै कम्पनीले यात्रुहरूलाई अझ सहज, सुरक्षित र व्यवस्थित सेवा उपलब्ध गराउने प्रतिबद्धता पनि ब्यक्त गरेको छ ।