अमेरिकाद्वारा इरानको तेल निर्यातमा संलग्न दर्जनौँ व्यक्ति र फर्ममाथि प्रतिबन्धको घोषणा

अमेरिकाद्वारा इरानको तेल निर्यातमा संलग्न दर्जनौँ व्यक्ति र फर्ममाथि प्रतिबन्धको घोषणा


संयुक्त राज्य अमेरिकाले इरानको तेल क्षेत्रसँग सम्बन्धित दर्जनौं व्यक्ति, कम्पनी र जहाजहरूमा प्रतिबन्ध लगाएको छ। अमेरिकी प्रतिबन्धले तेहरानको लागि एक प्रमुख राजस्व स्रोत कटौतीको अभियानलाई अघि बढाएको छ।

अमेरिकी अर्थमन्त्रालयले इरानको तरलीकृत पेट्रोलियम ग्यासको ढुवानीलाई सहज बनाउन मद्दत गर्ने मानिसहरूलाई लक्षित गरी ५० भन्दा बढी लक्ष्यहरू घोषणा गरेको छ र यसमा चिनियाँ बन्दरगाह र चीनमा रहेका तेल प्रशोधन केन्द्र पनि लक्षित भएका छन् ।

अमेरिकी विदेश मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘इरानी पेट्रोकेमिकल उत्पादनको मात्रा र मूल्यका आधारमा सबैभन्दा ठूला खरीदकर्ता मुलुकहरू र त्यस व्यापारमा संलग्न कम्पनीहरूको नेतृत्वसहित अन्य ४० जनामाथि प्रतिबन्ध लगाइएको छ।’

संयुक्त राष्ट्रसङ्घले इरानको आणविक र ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई लिएर इरानविरुद्ध तथाकथित प्रतिबन्धको घोषणा गरेको दुई हप्ताभन्दा कम समयमा नयाँ प्रतिबन्धहरू आएको हो । यसले विश्व मञ्चमा तेहरानको एक्लोपनलाई बढाएकोे छ।

अमेरिकी अर्थ मन्त्रालयका सचिव स्कट बेसेन्टले बिहीबार एक विज्ञप्ति जारी गर्दै अमेरिकी अर्थ मन्त्रालयले इरानको ऊर्जा निर्यात गर्ने मेसिनलाई नष्ट गरेर इरानको नगद प्रवाहलाई अवमूल्यन गरिरहेको बताएका छन् ।

निशानामा परेकाहरूमा चीनमा रहेका इरानसम्बद्ध तेल प्रशोधन केन्द्र शेडोङ जिनचेङ पेट्रोकेमिकल ग्रुप पनि रहेका छन् । यी कम्पनीलेसन् २०२३ देखि लाखौँ ब्यारेल इरानी तेल खरिद गरेको अमेरिकी अर्थ मन्त्रालयले बताएको छ।

मन्त्रालयले लानशान पोर्टमा रिझाओ शिहुआ कच्चा तेल टर्मिनल सञ्चालन गर्ने कम्पनीलाई पनि निशाना बनाएको छ । मन्त्रालयले उक्त कम्पनीलाई लाखौँ ब्यारेल इरानी तेल ढुवानी गर्ने एक दर्जनभन्दा बढी जहाजहरूलाई ढुवानीका लागि अनुमति दिएको आरोप लगाएको छ।