झापाको विर्तामोड नगरपालिका-६ स्थित सुगम शान्ति टोलबाट बुधबार (१९ कात्तिक) साँझ फालिएको अवस्थामा इन्सास हतियार फेला परेको छ ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको इन्सास थान १ (क्रम सङ्ख्या ०३११००८७२), म्याग्जिन थान-१, १९ राउण्ड सावुत र २ राउण्ड बेसावुत गोली फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काका अनुसार साँझ ४ः४५ बजे विर्तामोड-६ स्थित सुगम शान्ति टोलको तोरीबारी नजिक सिमल तरुलको झाडीमा इन्सास हतियार फेला हो । इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको २२ थान हतियार अझै बेपत्ता रहेको प्रवक्ता खड्काले जानकारी दिए ।
जेनजी आन्दोलनका क्रममा झापामा विभिन्न प्रकारका १०३ थान हतियार लुटिएका थिए । तीमध्ये ८१ थान हतियार फेला परिसकेको छ । जिल्लाका विभिन्न स्थानमा बेवारिसे अवस्थामा हतियार फेला परिरहेका छन् ।
Representative image
प्रतिक्रिया