भीसी कप फुटबलमा भीसी रामबहादुर लिम्बू

भीसी कप फुटबलमा भीसी रामबहादुर लिम्बू


10thgurkhaslimbuलन्डन, प्रत्यक वर्ष बेलायतमा आयोजना हुँदै आएको गोर्खा भीसी कप यस पटक पनि यही जुन १३ तारिख शनिबारका दिन लन्डनस्थित फेल्थाम कम्युनिटी कलेजमा हुने भएकोछ । गोर्खा नेपलिज कम्युनिटी हंस्लोको सयोजकत्वमा हुने उक्त फुटबल खेल भीसी रामबहादुर लिम्बूको प्रमुख आतिथ्यमा हुने भएकोछ । उक्त फुटबल प्रतियोगितामा करबि ३४ वटा टिमहरुको जोडदार प्रतिस्पर्धा रहनेछ ।
मेन टिम, भ्याटरन टिम र सुपर भ्याटरन् टिम गरी तीन श्रेणीमा खेलको विभाजन गरिएकोछ । मेन टिममा १७ वर्ष माथिका, भ्याटरन टिममा ३५ वर्षभन्दा माथिका र सुपर भ्याटरन टिममा ४५ बर्षभन्दा माथिकाले प्रतिस्पर्धा गर्नेछन् । विजय खेलाडीलाई क्रमश:१००० पाउण्ड, ५०० पाउण्ड, र ३५० पाउण्डका साथै ट्रफी समेत प्रदान गरिनेछ ।
गोर्खा २०० को अवसरमा हुन लागेको यस ऐतिहासिक फुटबलमा भीसी रामबहादुर लिम्बू को उपस्थितिमा सम्मानित योद्दा तथा युद्दमा वीरगति प्राप्त गर्ने सम्पूर्ण वीर गोर्खालीहरुप्रति सम्मानस्वरूप एक मेमोरियल कार्यक्रम पनि गरिने भएकोछ । उक्त अवसरमा गोर्खालीहरुको पाइपर धूनसमेत गुन्जनेछ भने भीसी रामबहादुर लिम्बूलगायत स्थानीय एमपी सीमा मलहोत्रा तथा बेलायतका विभिन्न संघ संस्थाहरुको समेत सहभागिता रहने भएकोछ । विगतका कार्यक्रमहरुको तुलनामा यस पटकको कार्यक्रम केही पृथक हुने आयोजक गोर्खा नेपलिज कम्युनिटी हंस्लोले बताएकोछ ।
बिहान १० बजेबाट बेलुका ८ बजेसम्मको लागि निर्धारित समय तोकिएको उक्त कार्यक्रममा विभिन्न किसिमका सांस्कृतिक कार्यक्रम लगायत खाने पिउनेको समेत ब्यबस्था रहने आयोजकले बताएको छ ।
VC Cup 2015 leaflets