नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनका धर्मपत्नी डा. आरजु राणा देउवा सिङ्गापुरबाट शुक्रबार (२८ कात्तिक) साँझ स्वदेश फर्किएका छन् ।
देउवा दम्पतीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, प्रवक्ता डा. प्रकाशशरण महतलगायतले स्वागत गरेका थिए ।
गत भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा आफ्नै निवासमा घाइते भएका देउवा दम्पती यही कात्तिक १० गते थप उपचारका लागि सिङ्गापुर गएका थिए ।
प्रतिक्रिया