नेपालको हकमा पृथ्वीनारायण शाहलाई नेपालको एकीकरणकर्ता मान्नु, बाहुनक्षेत्री समुदायलाई नेपालको आदिवासी मान्नु, वैदिक संस्कृति वा नेपालका रैथाने संस्कृतिहरूको पक्षमा बोल्नु, नेपालको मौलिकतामा विज्ञान खोज्नु, नेपाली समुदायहरूका विचमा हजारौं वर्षदेखि चलिआएको प्राकृतिक समावेशीपनको रक्षाका खातिर आवाज उठाउनु र धर्मपरिवर्तनकारी शक्तिहरूका विरुद्ध बोल्नु नेपाली लिब्रेँडोहरूका लागि पीडा दिने विषय हुन् ।
✍ डा. गोविन्दशरण
छिमेकी राष्ट्र भारतको बिहारमा भारतीय जनता पार्टीको गठबन्धनले विजय हासिल गरेसँगै भारतीय र नेपाली लिब्रेँडोहरूको सुख सकिएको छ । सकिएको छ भन्नुको अर्थ – केही दिनअगाडि न्युयोर्क (अमेरिका)को मेयर पदमा एकजना मुस्लिम जोह्रम ममदानीको विजयले तिनमा सुख ल्याएको थियो । तर, बिहारमा हिन्दुवादीको विजयले लिब्रेँडोहरू दुःखी भएका छन् । बिहारमा मैथिली ठाकुर जित्नुको सट्टा जोहरा खातुनले जितेको भए लिब्रेँडो निकै खुशी हुन्थे !! लिब्रेँडोहरूका लागि २५ वर्षकी मैथिली ठाकुर जेन्जी, महिला र पिछडिएको क्षेत्रको जनप्रतिनिधि पात्र हुनै सक्दिनन् । किनभने उनी हिन्दु हुन् र हिन्दुको जीत लिब्रेँडोलाई स्वीकार्य छैन !
लिब्रेँडो शब्दको उत्पत्ति कसरी र कसले गऱ्यो थाहा छैन तर आफूलाई कुनै धर्म, पन्थ, सम्प्रदायको पहिचानसँग नजोड्ने र धर्मनिरपेक्षताको वकालत गर्ने स्वयम्भू बुद्धिजीवीहरूलाई भारतीय (दक्षिण पन्थी मानिने भारतीय मिडिया र विद्वान्हरूले दिएको विशेष पहिचान) लिब्रेँडो भनेर सम्बोधन गर्छन् । मोदी गठबन्धनको विजयसँगै नेपाली र भारतीय लिब्रेँडोहरूको अनुहार मलिन भएको छ र निधार वैचारिक चिन्तनले खुम्चिन थालेको छ । नेपालको हकमा पृथ्वीनारायण शाहलाई नेपालको एकीकरणकर्ता मान्नु, बाहुनक्षेत्री समुदायलाई नेपालको आदिवासी मान्नु, वैदिक संस्कृति वा नेपालका रैथाने संस्कृतिहरूको पक्षमा बोल्नु, नेपालको मौलिकतामा विज्ञान खोज्नु, नेपाली समुदायहरूका विचमा हजारौं वर्षदेखि चलिआएको प्राकृतिक समावेशीपनको रक्षाका खातिर आवाज उठाउनु र धर्मपरिवर्तनकारी शक्तिहरूका विरुद्ध बोल्नु नेपाली लिब्रेँडोहरूका लागि पीडा दिने विषय हुन् । यदि कसैले हिन्दुत्वको कुरा गऱ्यो भने राजावादी भन्ने र राजावादीहरूलाई गैर-नागरिकसरह ब्यवहार गरिनुपर्ने माइण्ड सेट भएका व्यक्तिहरू नै लिब्रेँडो हुन् भन्न मिल्छ ।
लिब्रेँडोहरूको विषयमा केही बडो रमाइला तत्थ्य बुझ्नुपर्छ । पहिलो तत्थ्य – धेरैजसो लिब्रेँडोहरू हिन्दुसमुदायका सदस्य हुन्छन् । आफूलाई हिन्दु भन्छन् तर समाजमा देखिएका र बुझिएका धेरैजसो विकृतिहरूको लागि ‘हिन्दुइज्म’लाई दोष दिन्छन् । उनीहरूका लागि हिन्दुइज्मका हरेक ब्यवहारहरू भेदभावपूर्ण, पूर्वाग्रहयुक्त समाजका लागि अनुपयोगी हुन्छन् तर मुसाई र घृणावादीका हरेक ब्यवहारहरू ‘प्रगतिशील, मानवतावादी र स्वतन्त्रता’को प्रत्याभूति दिने हुन्छन् । लिब्रेँडोहरूले हिन्दु धर्म, संस्कृति तथा इतिहासमा असल तत्थ्य भेट्नु भएको विश्वको सातौं आश्चर्य माने हुन्छ ।
दोश्रो तत्थ्य – धेरैजसो लिब्रेँडोहरू आफूलाई समाजवादी, उदारतावादी, धर्मनिरपेक्षतावादी र स्वतन्त्र विचारक मान्छन् । यहाँ स्वतन्त्रताको अर्थ हिन्दुइज्मको आलोचना गर्दा कुनै पनि हिन्दुले प्रतिक्रिया दिनुहुँदैन भन्ने सत्यसंग सरोकार राख्छ । लिब्रेँडो, मुस्लिम तथा इसाईले आलोचना गर्दा कुनै हिन्दुवादीले प्रतिक्रिया दियो भने ‘स्वतन्त्रता, धर्मनिरपेक्षता तथा समाजवाद’को अस्तित्व सङ्कटमा पर्छ ।
तेस्रो – लिब्रेँडो दर्शन हो – इसाई र मुस्लिमहरू तथा आफ्नो लिब्रेँडो-दर्शनलाई स्वीकार गर्ने आदिवादी, जनजाति तथा विदेशीहरूको बचाऊ गर्ने, उदाहरणका लागि भारतमा त्यहाँको जनसंख्याको १८ प्रतिशत मुस्लिम छन् र नेपालमा करीव ५ प्रतिशत । भारतभरी फैलिएको र विश्वको दोश्रो सबैभन्दा ठूलो समुदाय ‘अल्पसंख्यक’ किन र कसरी हुन्छ ? लिब्रेँडोले चर्चा गर्दैनन् । बरू हिन्दुहरूको विरोध गर्ने कट्टरपन्थी मुस्लिम, इसाई वा व्यक्तिलाई लिब्रेँडो ग्याङको सदस्यता दिएर ‘धर्मनिरपेक्षता’का पक्षमा भाषण गर्न लगाउँछन् । अल्पसंख्यकका नाममा ‘भिक्टिम-कार्ड’ खेल्छन् ।
मुस्लिमहरूमा महिला र पुरुष बालबालिकालाई अनिवार्य गर्नुपर्ने ‘खतना’ अमानवीय हुँदैन तर हिन्दुहरूले न्वारन गर्दा बालबालिकालाई सूर्यदर्शन गराउनु लिब्रेँडोहरुका लागि हदैसम्म ‘बालबालिका विरुद्धको हिंसा’ हुन्छ । अनि, सबैभन्दा अचम्म लाग्दो तत्थ्य के हो भने लिब्रेँडोहरू सधैं ‘मुसाईहरू धर्मनिरपेक्ष, उदार तथा मानवतवादी र हिन्दुहरू अमानवीय हुन्छन्’ भन्ने भाष्यनिर्माण गर्न मन पराउँछन् ।
लिब्रेँडोहरूको चौथो सत्य के हो भने उनीहरूले सधैं राष्ट्र, समाज र परिवारका अल्प(संख्यक समुदायलाई बहुसमुदायका विरुद्ध विद्रोह गर्न सिकाउँछन् । उदाहरणका लागि यी लिब्रेँडोहरूले सधैं नेपाल र भारतका बहुसंख्यक हिन्दु जनसंख्याविरुद्ध मुस्लिम, इसाई, सिख, किराती र स-ससाना जातजातिहरूलाई उचालेर मनगढन्ते इतिहास रच्दै ‘स्वतन्त्रता प्राप्त गर्न’ उचाल्छन् । अचम्मको कुरा त के भने साम्यवादमा विश्वास गर्ने कम्युनिस्टहरूले समेत ‘लिब्रेँडो’संग हात मिलाएर अस्थिरतामा मलजल गर्छन् ।
पाचौं तत्थ्य – लिब्रेँडोको विषयमा अझै रोचक छ : यी लिब्रेँडोहरू अंग्रेजी बोलेर कहिले अंग्रेजीको विरोध गर्छन् त कहिले अंग्रेजीपनको पक्षमा जबर्जस्ती उभिन्छन् । कहिले बडो धार्मिक भएर आफुलाई प्रस्तुत गर्छन् भने कहिले पहिचानवादी बनेर कोकोहलो मचाउने गर्छन् । यदि हिन्दुके वैदिक सनातन धर्मको रक्षा गर्न, यसको मौलिकतालाई निरन्तरता दिन, धर्मपरिवर्तनजस्ता विकृतिहरूको अन्त्य गर्न आवाज उठाउँछ भने लिब्रेँडोहरूलाई सबैभन्दा बढी पीर पर्छ, तर यदि मुस्लिमहरूले मदरसामा ‘काफिरलाई जहाँ भेट त्यहाँ मार’ भन्ने शिक्षा दिन्छन् भने ‘लिब्रेँडो’ उनीहरूको धार्मिक पहिचानको रक्षा भन्दै ‘सुरक्षा’मा उभिन्छन् ।
लिब्रेँडोहरूले चर्च र चर्चभित्रका विकृतिहरूलाई ‘पहिचान र धार्मिकस्वतन्त्रता’ भन्दै रक्षात्मक हुन्छन् । यदि पाठ्यक्रममा मुसाईसंग सम्बन्धित विषयवस्तु छ भने लिब्रेँडोहरूले स्वागत गर्छन् । त्यही यदि हिन्दुइज्म सम्बन्धि कुनै विषयवस्तु छ भने ‘धर्मनिरपेक्षता खतरामा पऱ्यो’ भन्दै संयुक्त राष्ट्रसम्म पुग्ने धम्की दिन्छन् । लिब्रेँडोहरू ‘सकलक सकलक’ विरुद्ध एकशब्द बोल्दैनन् तर झाँक्रीको काममा अन्धविश्वास देख्छन् । हिन्दुविरुद्ध जैन, बौद्ध, किराती, डलरवादीहरूलाई उचाल्नु र ‘समाजवाद, धर्मनिरपेक्षता, स्वतन्त्रता’को रक्षाका लागि त्यसको औचित्य स्थापना गर्ने प्रयत्न गर्नु ‘लिब्रेँडो-धर्म’ हो भन्न मिल्छ ।
लिब्रेँडोहरू मुसाई र गैरहिन्दु अतिवादीहरूका सबैभन्दा हितकारी मित्र हुन्छन् । मुसाईहरूका कुकर्मका समाचार रोक्न नाइटोको बल लगाउँछन् तर यदि कुनै हिन्दुले सानो ‘गल्ती’ गऱ्यो भने त्यसका विरुद्ध लिब्रेँडो, मुसाई, कुसाई, घृणावादी सबैलाई एकत्र पारेर व्यक्तिको गल्तीलाई ‘हिन्दुइज्म’को रूप दिन्छन् । मुस्लिमहरूमा महिला र पुरुष बालबालिकालाई अनिवार्य गर्नुपर्ने ‘खतना’ अमानवीय हुँदैन तर हिन्दुहरूले न्वारन गर्दा बालबालिकालाई सूर्यदर्शन गराउनु हदैसम्म ‘बालबालिका विरुद्धको हिंसा’ हुन्छ । अनि, सबैभन्दा अचम्म लाग्दो तत्थ्य के हो भने लिब्रेँडोहरू सधैं ‘मुसाईहरू धर्मनिरपेक्ष, उदार तथा मानवतवादी’ हुन्छन् र हिन्दुहरू अमानवीय हुन्छन् भन्ने भाष्यनिर्माण गर्न मन पराउँछन् ।
नेपालमा थुप्रै लिब्रेँडो छन् – मासुभातवादी, रक्सीवादी, डलरवादी, घृणावादी, अराजकतावादी र सुखवादी । साँच्चिकै निरपेक्ष, निःस्वार्थ तथा पूर्वाग्रहरहित भएर एवं आवाज नभएकाहरूको आवाज बनेर देश, समाज र व्यक्तिको कल्याणका खातिर काम गरिरहेका लिब्रेँडोहरूलाई हार्दिक नमन छ, तर यसबाहेक केवल आफ्नो निजी स्वार्थका लागि लिब्रेँडोको खोल ओढेका पूर्वाग्रही लिब्रेँडोहरूप्रति सबै सावधान बनौं । यदि देश बर्बादीमा जान्छ भने स्वार्थी लिब्रेँडोहरूका कारण जान्छ । विवेकहीन भएर होइन विवेकयुक्त भएर मनन गऱ्यौँ भने नि:स्वार्थ लिब्रेँडो र स्वार्थी लिब्रेँडोलाई सजिलै चिन्न सकिन्छ ।
स्वस्त्यस्तु !!
प्रतिक्रिया