सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो


स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज (२ मङ्सिर) सुनको मूल्य तोलाको रू तीन हजार आठ सय र चाँदीको मूल्य तोलामा रू ६५ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रू दुई लाख ३९ हजार ५०० र चाँदी प्रतितोला रू तीन हजार ९० मा खरिदबिक्री हुनेछ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रति औंस चार हजार १७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।