‘व्यापक खोजतलास’का बाबजुद झुम्का कारागारका ५५६ कैदी अझै फरार

‘व्यापक खोजतलास’का बाबजुद झुम्का कारागारका ५५६ कैदी अझै फरार


कोशी प्रदेशको झुम्कास्थित कारागारका ५५६ जना कैदीबन्दी अझै फरार रहेको कारागार प्रशासनले जनाएको छ । जेनजी आन्दोलको दोस्रो दिन भदौ २४ गते ठूलो सङ्ख्यामा आएका जमातले कारागारमा तोडफोड र आगजनी गर्ने प्रयास गरेको थियो ।

कारागारका प्रशासनको होसियारीले कारागारमा आगजनी हुन सकेन तर सो समयमा रहेका एक हजार ७९६ कैदी भने भाग्न सफल भएका थिए । सो दिन तीन जना कैदी बिरामी भएका कारण अस्पतालमा रहेको कारागार प्रमुख सुवास लामिछानेले जानकारी दिए ।

फरार सबै कैदीमध्ये केही आफै फर्केर आएका थिए भने केहीलाई विभिन्न स्थानबाट पक्राउ गरिएको थियो । फरार रहेका ५५६ कैदीबन्दीको व्यापक खोजतलास भइरहेको प्रमुख लामिछानेले बताए ।