न्यायमा बाह्य पहुँचसम्बन्धी अन्तरक्रिया सम्पन्न

न्यायमा बाह्य पहुँचसम्बन्धी अन्तरक्रिया सम्पन्न


  • आरपी उपाध्याय, नवलपरासी

नवलपुर जिल्ला अदालतको आयोजनामा न्यायमा बाह्य पहुँचसम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम विनयी त्रिवेणी ६ को त्रिवेणी धाममा सम्पन्न भएको छ ।

सो अवसरमा जिल्ला न्यायाधीश कमल प्रसाद ज्ञवालीले न्यायको पहुँचबाट टाढा रहेका नगरिकलाई सर्वसुलभ रुपमा न्याय दिनु नै अदालतको परम कर्तव्य रहेको बताउँदै उहाँले सत्य र न्यायको पक्षमा सिफारिस गर्दा स्थानीय तहले सत्य र न्यायकै लागि सिफारिस दिन आग्रह गर्नुभयो ।

सहभागीहरुद्वारा उठाइएको प्रश्नको जवाफ दिँदै जिल्ला न्यायाधीश ज्ञवालीले अन्यायमा परेका सेवाग्राहीलाई भरपर्दो र विश्वासिलो न्याय दिनु न्यायलयको जिम्मेवारीको साथ कर्तव्य रहेको पनि जिकिर गर्नुभएको थियो ।

सो अवसरमा नवलपुरका जिल्ला न्यायाधिवक्ता प्रकाश शर्मा पौडेल, नवलपुर जिल्ला बार इकाइ अध्यक्ष गणेश अधिकारी लगायतले सहभागीद्वारा उठाइएको प्रश्नको जवाफ दिनुभएको कार्यक्रम सञ्चालक समेत रहनुभएका श्रेस्तेदार प्रेम प्रसाद पौडेलले बताउनुभयो ।

उक्त कार्यक्रममा हरवेन्द्र कुमार कार्की, डिम्बर बहादुर राउत, भेषराज खनाल, दीपक थापा, जीवन पौडेल, कमल परियार, वडा सदस्य योगिता सहानी, दीपा रायमाझी लगायतले अन्यायमा परेका नागरिकहरुले भोग्नुपरेको समस्याबारे जिज्ञासा राख्नुभएको थियो ।

कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष नुरेन्द्र शाह, जिल्ला न्यायाधीश प्रकाश कोइराला, इ.प्र.का. त्रिवेणीका वरिष्ठ सई गगन पुरी लगायतको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।