दूतावासकाे बैंक खातामा भू्कम्प पीडितका लागि रकमकाे संकलन हुने क्रम जारी

दूतावासकाे बैंक खातामा भू्कम्प पीडितका लागि रकमकाे संकलन हुने क्रम जारी


chinkungलण्डन । बेलायतका लागि नेपालका राजदूत का.वा. राजदूत तेजबहादुर क्षेत्रीले नेपालकाे प्रतिनिधित्व गरार्इ केन्जिन्टन राेयाल च्याम्वरसमा दूतावासलार्इ निमन्त्रणा दिएकाेमा युनिटि अफ फेथ फाउन्डेसनकाे संस्थापकद्वय डा.शमेन्दर तलवार र अन्नालार्इ धन्यवाद दिएका छन् । युनिटि अफ फेथले अायाेजना गरेकाे साे कार्यक्रममा मेयर अफ राेयाल बाेराेहकाे समुस्थिपतिमा ग्रेट मास्टर चिन कुङलार्इ स्वागत गर्नु रहेकाे थियाे । विश्व विख्यात बुद्धिस्ट गुरू चिङकाे स्वागतमा राखिएकाे साे कार्यक्रममा बेलायतका लागि नेपाली का.वा. राजदूत क्षेत्रीलगायत लाटभिया, साउथ काेरिया, टुनिसिया र इजरायलसहित अन्य विविध गन्यमान्यहरूकाे ठूलाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा गत अप्रिलमा नेपालमा गएकाे भूकम्पमा परेका मृतकहरूकाे चीर शान्तिकाे लागि एक मिनेटकाे माैन धारण गरिएकाे थियाे । साेही अवसरमा ग्रेट मास्टर चिन कुङबाट भूकम्प पीडितहरूका लागि राहतस्वरूप अार्थिक सहयाेग गर्ने रहर भएकाे सप्रसंग चर्चा गरिएकाे थियाे । द युनिटि अफ फेथ फाउन्डेसनमार्फत, दूतावासले ग्रेट मास्टर चिन कुङबाट, दश हजार पाउण्डकाे राहत रकम बुझिसकेकाे थियाे ।
प्रधानमन्त्री राहत काेषमा दाखिला गरिने गरी दूतावासले पछिल्लाे पटकमा, क्षेत्री समाज यूकेबाट ५,१२६ पाउण्ड, श्रीकृष्ण मन्दिरबाट ५,००० पाउण्ड, काउन्सिल अफ एसियन पिपुलबाट ३,००१ पाउण्ड, काेरियन क्याथाेलिक चर्चबाट १०५१.२० पाउण्ड र ३० युराेकाे नगद राहत बुझेकाे दूतावासले जनाएकाे छ ।