गोवा (भारत)स्थित एक नाइटक्लबमा गएराति भीषण आगलागी हुँदा करिव दुई दर्जन मानिसको ज्यान गएको छ । सिलिन्डर विस्फोटका कारण उक्त दुर्घटना निम्तिएको आशङ्का स्थानीय प्रहरीले गरेको छ ।
आगलागीमा कम्तिमा २३ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ । उत्तरी गोवाको अर्पोरा क्षेत्रमा अवस्थित क्लबमा मृत्यु हुनेमा केही पर्यटक पनि रहेका छन् । मृतकमध्ये धेरैजसो सोही क्लबका कर्मचारी रहेका जनाइएको छ ।
गोवाका मुख्यमन्त्री प्रमोद सावन्तलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले जनाएअनुसार मृतकमध्ये धेरैजसो नाइटक्लबको भान्सामा काम गर्ने कर्मचारी रहेका छन्, जसमध्ये तीन जना महिला थिए ।
प्रतिक्रिया