थाइल्यान्डसँगको सीमा विवाद बढ्दै गएपछि एक लाख भन्दा बढी कम्बोडियन विस्थापित

थाइल्यान्डसँगको सीमा विवाद बढ्दै गएपछि एक लाख भन्दा बढी कम्बोडियन विस्थापित


थाइल्यान्डसँगको सीमा विवाद बढ्दै गएपछि एक लाख भन्दा बढी कम्बोडियनहरू आफ्नो आश्रय स्थल छोडेर सुरक्षित क्षेत्रतर्फ भागेको कम्बोडियाका मन्त्रालयका उपसचिव तथा प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले बताएका छन् ।

महिला, बालबालिका, वृद्ध र अपाङ्गता भएका व्यक्तिहरूसहित विस्थापितको सङ्ख्या एक लाख एक हजार १२९ रहेको कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता सोचेटाले पत्रकार सम्मेलनमा बताएका हुन् ।

थाई सेनाले आइतबार दिउँसोदेखि बुधबार बिहानसम्म कम्बोडियाको सैन्य चौकी र नागरिक क्षेत्रमा आक्रमण गर्न एफ-१६ लडाकू जेटसहित भारी र विनाशकारी हतियार प्रयोग गरेको उनले जनाएका छन् ।

सोचेटाका अनुसार यस द्वन्द्वमा कम्तिमा सात कम्बोडियन नागरिकको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् ।