फुट्ने र जुट्ने श्रृंखला ब्यहोर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच पार्टी एकता भएको छ। राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज (१६ पुस) एकीकरण भएको हो ।
यही पुस ९ गते धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालयमा दुवै नेताले एकता समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । सोही दिन आज हुने एकताबारे जानकारी पनि दिइएको थियो । काठमाडौंमा आयोजित कार्यक्रममा दुवै पार्टीका अध्यक्षहरू राजेन्द्र लिङ्देन र कमल थापाले संयुक्त रूपमा एकता घोषणापत्र सार्वजनिक गरेका हुन् ।
ज्ञातव्य छ, गीता छोएर पार्टी नफुटाउने बाचा गरेका कमल थापाले २०७८ सालको राप्रपा महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि पार्टी छोडेर राप्रपा नेपाल गठन गरेका थिए ।
प्रतिक्रिया