नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा पुस २७ र २८ गते काठमाडौंमा हुन लागेको विशेष महाधिवेशनमा विभिन्न ६ स्थानबाट जुलुस प्रदर्शन हुने भएको छ ।
विशेष महाधिवेशन जनपरिचालन एवं जुलुस व्यवस्थापन समितिले शुक्रबार (२५ पुस) पत्रकार सम्मेलन गरी पुस २७ गते भृकुटीमण्डमा हुने महाधिवेशनमा विभिन्न ६ स्थानबाट जुलुस प्रदर्शनको तयारी भएको जानकारी दिएको हो ।
समितिका संयोजक एवं पूर्वसांसद जगदीश्वरनरसिंह केसीले विशेष महाधिवेशनको उद्घाटनअघि काठमाडौंका विभिन्न ६ फरक-फरक स्थानबाट जुलुस प्रदर्शनको तयारी गरिएको जानकारी दिए । पुस २७ गते आइतबार मध्याह्न १२ः०० बजे भृकुटीमण्डपमा उद्घाटन समारोह सुरु हुनुअघि ती विभिन्न ६ स्थानबाट जुलुस प्रदर्शन गरिने उल्लेख गर्दै उनले सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शङ्करदेव क्याम्पस, कमलपोखरी र ललितपुरको कुपण्डोलबाट जुलुस भृकुटीमण्डप आउने कार्यक्रम रहेको जानकारी दिए ।
प्रतिक्रिया