नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै


नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार (पुस २९ गते) बोलाइएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीको पछिल्लो विकसित परिस्थितिका बारेमा छलफल हुने बताइएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र सातवटै प्रदेशका सभापतिहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरुको आह्वानमा यही पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनको बन्दसत्र मङ्गलबार पनि बस्दैछ ।