कांग्रेस केन्द्रीय कार्यसमिति बैठक हुँदै
नेपाली कांग्रेसको काठमाडौंमा जारी दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्दसत्रले वरिष्ठ अधिवक्ता सीताराम केसीको अध्यक्षतामा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।
कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमका अनुसार निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता अशोक पोखरेल, अधिवक्ता गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहेका छन् ।
ज्ञातव्य छ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा जारी विशेष महाधिवेशनप्रति पार्टी संस्थापन पक्षले विमति जनाएको छ ।
यसैबीच, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज (२९ पुस) बिहान ११ः०० बजे हुने भनिएको बैठक अपराह्न १ः०० बजे बस्ने जनाइएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने बैठकमा पार्टीको पछिल्लो परिस्थितिका बारेमा छलफल हुने बताइएको छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र सातवटै प्रदेशका सभापतिको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
प्रतिक्रिया