काठमाडौंबाट चुनावी अभियान सुरु गर्दै एमाले

काठमाडौंबाट चुनावी अभियान सुरु गर्दै एमाले


प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा अग्रपंक्तिमा रही वकालत गर्दै आएको नेकपा (एमाले) आगामी फागुन २१ का लागि तय गरिएको निर्वाचनका लागि पनि उत्तिकै तम्तयार देखिएको छ । एमालेले काठमाडौंबाट चुनावी अभियान सुरु गर्ने भएको छ ।

एमालेको बागमती प्रदेश कमिटीले आगामी माघ ४ गते काठमाडौंमा जनप्रदर्शनसहित विशेष चुनावी अभियानको थालनी गर्न लागेको सो पार्टीका सचिव एवं प्रदेशका इञ्चार्ज महेश बस्नेतले जानकारी दिएका छन् ।

यस्तै, एमालेको संशोसधत विधानअनुसार गठित राजधानी विशेष कमिटीको घोषणा र चुनावी अभियान आगामी माघ २ गते काठमाडौंमा हुने पार्टीका सचिव एवं राजधानी विशेष कमिटीका इञ्चार्ज डा. राजन भट्टराईले बताए ।

एमालेको यही पुस २६ गते बसेको केन्द्रीय कमिटीको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशव्यापी रूपमा अभियान सुरु गर्ने निर्णय गरेको थियो ।