नेपाली कांग्रेसको सभापतिमा थापा ‘निर्विरोध’ निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा थापा ‘निर्विरोध’ निर्वाचित


नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ । काठमाडौंमा भएको विशेष महाधिवेशन पक्षधरको दोस्रो विशेष महाधिवेशनबाट गएराति पार्टी सभापति पदमा थापा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।

यसबारे जानकारी दिँदै कांग्रेस विशेष महाधिवेशन केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले भनेका छन्, ‘सभापति पदमा थापाको मात्रै उम्मेदवारी भएकाले उहाँ निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु ।’

विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएको घोषणापछिपछि थापाले आफूलाई जिम्मेवारी सुम्पने नेता तथा कार्यकताको शिर निहुरिने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले पार्टी सदस्यलाई कांग्रेस भएकामा गौरव गर्ने पार्टी बनाउने दृढता व्यक्त गरे ।

‘जुन विश्वासका साथ सभापतिको जिम्मेवारी सुम्पिनुभएको छ, तपाईंहरु कसैको पनि शिर निहुरिने अवस्था आउने दिने छैन । नेपाली कांग्रेस पार्टीको शान राख्छु । यो पार्टीमा लाग्ने तमाम साथीहरुले नेपाली कांग्रेस भएकामा गौरव गर्ने बनाउँछु । नागरिकलाई अप्ठयारो अवस्थामा कांग्रेस छ भन्ने काम पार्टीले गर्नेछ’, नवनिर्वाचित सभापति थापाले भने।

नेपाली कांग्रेस कुनै हालतमा नफुटेको जिकीर गर्दै उनले वैधानिक रुपमा विशेष महाधिवेशन गर्दा पार्टी फुट्यो भन्ने प्रश्नै नउठ्ने बताए ।