‘कांग्रेस विशेष महाधिवेशन’को पक्षमा निर्वाचन आयोगको फैसला

‘कांग्रेस विशेष महाधिवेशन’को पक्षमा निर्वाचन आयोगको फैसला


नेपाली कांग्रेस पार्टीको आधिकारिकता गगन थापा पक्षलाई प्रदान गरिएको छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै निर्वाचन आयोगले थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हो ।

आयोगको शुक्रबार बसेको बैठकले कांग्रेसको विशेष महाधिवेशनलाई वैधता प्रदान गर्नुका साथै विशेष महाधिवेशन पछि चयन भएको नेतृत्वलाई अद्यावधिक निर्णय गरेको हो ।

ज्ञातव्य छ, २७-३० पुससम्म भृकुटीमण्डपमा भएको पार्टीको विशेष महाधिवेशनले थापालाई पार्टी सभापतिमा चयन गरेको थियो । थापा पक्षले पार्टीका विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो भने शेरबहादुर देउवा पक्षले उक्त निवेदनको विपक्षमा शुक्रबार बिहान आयोगमा निवेदन दिँदै आफूहरू आधिकारिक भएको दाबी गरेको थियो ।

ज्ञातव्य छ, निर्वाचन आयोगको फैसलाविरुद्ध कांग्रेस देउवा पक्षले सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन सक्नेछ ।