आयोगको निर्णयविरुद्ध कांग्रेस देउवा पक्षद्वारा सर्वोच्चमा रिट

आयोगको निर्णयविरुद्ध कांग्रेस देउवा पक्षद्वारा सर्वोच्चमा रिट


नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ ।

कांग्रेस नेताद्वय देउवा र पूर्णबहादुर खड्काका वारेस श्रवणकुमार श्रेष्ठले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइ आगामी मङ्गलबार हुने सर्वोच्च प्रशासनले जनाएको छ ।

निर्वाचन आयोगको निर्णय बदर, यही माघ ६ गतेको निर्वाचनका निम्ति उम्मेदवारी स्थगन र नयाँ निर्वाचित कार्यसमिति अवैधानिक भएको जिकिर गर्दै सर्वोच्चमा रिट दर्ता भएको हो ।