महावीर पुनले किन दिए राजीनामा ?

महावीर पुनले किन दिए राजीनामा ?


सुशीला कार्की सरकारबाट मन्त्रीहरु बाहिरिने क्रममा शिक्षामन्त्री महावीर पुनले पनि पदबाट राजीनामा दिएका छन् । यसअघि राजीनामा दिने मन्त्रीहरुले निर्वाचनमा उम्मेदवारी दिनका लागि मन्त्रिपरिषद्बाट बाहिरिएका भएपनि मन्त्री पुनले चाहिँ आफ्नै अभियानमा लाग्नका लागि राजीनामा दिएको बताइएको छ । अर्थमन्त्री रामेश्वर खनालले फेसबुकमार्फत यसबारे जानकारी दिएका हुन् ।

चुनाव गराउने उद्देश्यले बनेको भनिएको सरकारबाट मन्त्रीहरुले चुनावको संघारमै धमाधम राजीनामा गरेबाट नेपाली राजनीतिको दूरावस्था झल्किन पुगेको छ ।

ज्ञातव्य छ, आफूले शिक्षामा आमुल परिवर्तन गर्ने भन्दै केही नीतिहरु पास गराउने प्रयास गरेपनि सफल नभएको गुनासो मन्त्री पुनले गर्दैआएका थिए । उनले केही दिनअघि आचारसंहिता लागु भएसँगै अब मन्त्रालयले कुनै काम गर्न नसक्ने जानकारी फेसबुक स्टाटसमार्फत दिएका थिए । उनको राजीनामालाई यही कोणबाट हेरिएको छ ।

file photo