राजनीतिक रुपमा अलग बाटो पछ्याएका दम्पत्ति रेशम चौधरी र रन्जिता श्रेष्ठको ‘मनभेद’ निर्वाचनको मुखमा आएर छताछुल्ल भएको छ । रेशमको चाहनाविपरीत प्रचण्डनेतृत्वको दल ‘नेपाली कम्युनिष्ट पार्टी’को सहारा खोज्न पुगेकी रञ्जिताले श्रीमान्बाट सुझाब र सहयोग नपाएपछि फेसबुकमार्फत् दुखेसो पोखेकी छन् । छोरा बिरामी हुँदासमेत वास्ता नगरेको आरोपका साथ उनले छोरा र श्रीमतीको जिम्मेवारी पूरा गर्न नसक्नेले राज्य जितेर के पाउला भन्दै ब्यङ्ग्य कसेकी छन् ।
फेसबुकमार्फत रन्जिताले भनेकी छन्-
‘आफ्नै छोरा र श्रीमतीको जिम्मेवारी पूरा गर्न नसक्ने मान्छेले नजिकै हुँदा पनि बिरामी छोरालाई अस्पतालमा भेट्न नआउने, बोल्ने बेला बोलीको ठेगान नहुने, डर र बहानाको आडमा लुक्नेले चुनाव जितेर के पाउँछ ? घरभित्रको पीडा नदेख्ने आँखाले देशको दुख कहाँ देख्ला ? आफ्नै परिवारको विश्वास जोगाउन नसक्ने हातले सार्वजनिक जिम्मेवारी कसरी सम्हाल्ला ? सत्ता जित्नु ठूलो कुरा होइन, पहिला मान्छे बन्नु ठूलो कुरा हो ।’
प्रतिक्रिया