विशेष महाधिवेशनबाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नेतृत्वलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा नेतृत्वमा रहेको समूहले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्न आज (६ माघ) पेसी तोकिएको छ ।
न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा पेसी तोकिएको हो । नेपाली कांग्रेस देउवा नेतृत्वको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थापा नेतृत्वलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी रुपमा प्रतिवाद गर्ने भन्दै सर्वोच्च अदालत जाने निर्णय गरेको थियो ।
रिट निवेदनमा कांग्रेस नेता देउवा र पूर्णबहादुर खड्काको वारेसले श्रवणकुमार श्रेष्ठले दायर गरेको रिट निवेदनमा निर्वाचन आयोगको निर्णय बदर, यही माघ ६ गतेको निर्वाचनको उम्मेदवारी रोकिपाऊ र नयाँ निर्वाचित कार्यसमिति अवैधानिक भएको भन्दै भङ्ग गर्न माग गरिएको छ ।
देउवा पक्षले नियमित महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नहुने उल्लेख गर्दै विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको छ । सभापति थापा नेतृत्वले विशेष महाधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरिसकेको छ ।
प्रतिक्रिया