नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । निर्वाचन अधिकृतको कार्यालय पुगेर अध्यक्ष ओलीले आज (६ माघ) मनोनयन दर्ता गराएका हुन् ।
मनोनयन दर्तापश्चात् सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै निर्वाचनमा आफ्नो प्रतिस्पर्धी नरहेको बताए । अध्यक्ष ओली यसअघि २०७९ को निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट विजयी बनेका थिए ।

निर्वाचन अधिकृत विदुरकुमार कार्कीका अनुसार हालसम्म निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट वरिष्ठ नेता बालेन्द्र साहले पनि आफ्नो मनोनयन दर्ता गराइसकेका छन् । साह यसअघि काठमाडौं महानगरपालिकाकाको नगरप्रमुखबाट राजीनामा दिएर साह राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट झापा-५ मा उम्मेदवार बनेका हुन् ।
सोही क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीबाट नेता रञ्जित तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सङ्ग्रौला, पिपुल्स फर्स्ट पार्टीका धर्मराज गुरागाईं, मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर मेचे, राष्ट्रिय परिवर्तन पार्टीका सचिन राई र स्वतन्त्र उम्मेदवार मातृका भट्टराईसहित आठ जनाको मनोनयन दर्ता भइसकेको छ ।
प्रतिक्रिया