देशभर ३४८६ उम्मेदवार खडा हुँदा मुस्ताङमा जम्मा चार जना उम्मेदवार

देशभर ३४८६ उम्मेदवार खडा हुँदा मुस्ताङमा जम्मा चार जना उम्मेदवार


आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा ३४८६ उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् ।

निर्वाचन आयोगका अनुसार तीन हजार ८९ पुरुष, ३९६ महिला र तेस्रोलिङ्गी एक जना गरी तीन हजार ४८६ को उम्मेदवारी दर्ता भएको हो ।

यसमध्ये मुस्ताङमा जम्मा चार जनाले मात्र उम्मेदवारी दर्ता गराएका छन् भने मनाङमा पाँच जनाको उम्मेदवारी परेको छ ।

यही माघ ९ गते अपराह्न १ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । सोही दिन ४ः०० बजेदेखि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ ।