कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने


नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि (९ माघ) शुक्रबार बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले एक विज्ञप्ति जारी गरी बैठक शुक्रबार दिनको १ बजे पार्टी केन्द्रीय कार्यालय बिपीस्मृति भवन सानेपा ललितपुरमा बस्न लागेको जानकारी दिएका छन् ।

कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकमा भाग लिनका लागि पार्टीका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिलाई उपस्थितिका लागि अनुरोध गरेको छ ।