नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले समयानुसार कांग्रेस बदलेको र अब देश बदल्ने प्रतिबद्धता गरेका छन् ।
केन्द्रीय कार्यालयमा शुक्रबार (९ माघ) पद बहाल गरेपछि उनले ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ सङ्कल्पप्रति प्रतिबद्धता जनाएका हुन् ।
‘यही सङ्कल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौँ, हामी । हाम्रो केवल एक ध्येय छ- देशको समुन्नति’, थापाले उल्लेख गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारकै बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
कांग्रेसले परिवर्तित समयलाई सम्बोधन गर्दै जनताको चाहना र भावनाअनुरूप निर्वाचनमा होमिने निर्णय गरेको छ ।
photo: rss
प्रतिक्रिया