गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने नेपाली कांग्रेसको निर्णय

गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने नेपाली कांग्रेसको निर्णय


नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको आज (९ माघ)को बैठकमा उपसभापति विश्वप्रकाश शर्माद्वारा राखिएको उक्त प्रस्तावलाई बैठकले पारित गरेको हो ।

उपसभापति शर्माले आगामी फागुन २१ मा हुने आमनिर्वाचनमा कांग्रेस अबको प्रधानमन्त्री प्रस्तावित गरेर मैदानमा जान लागेको जानकारी दिँदै भने, ‘केन्द्रीय समितिको बैठकबाट सभापति गगन थापालाई अबको प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्ने संस्थागत निर्णय गरेका छौँ ।’

कांग्रेसले परिवर्तित समयलाई सम्बोधन गर्दै जनताको चाहना र भावनाअनुरूप निर्वाचनमा होमिने निर्णय गरेको छ ।

photo: rss