अन्ततः उम्मेदवार बन्न पाएनन् रेशम चौधरी

अन्ततः उम्मेदवार बन्न पाएनन् रेशम चौधरी


नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरी अन्ततः आगामी आमनिर्वाचनमा उम्मेदवार हुन नपाउने भएका छन् ।

चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेपछि उनको उम्मेदवारी खारेजीमा पर्ने भएको हो ।

चौधरीले दायर गरेको रिटमा आइतबार (११ माघ) सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश गरेको हो ।

यस मामलामा छलफलका लागि सर्वोच्चले दुवै पक्षलाई उपस्थित हुनु भनी अदालतले बोलाएको छ ।

ज्ञातव्य छ, रेशम चौधरीले कैलाली १ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गरेपनि टीकापुर हत्याकाण्डसँग सम्बन्धित कर्तव्य ज्यानमुद्दामा तीन तहका अदालतबाट दोषी ठहर भएकाले जिल्लास्थित निर्वाचन कार्यालयले उम्मेदवारी खारेज गरेको थियो । त्यसपछि उनी सर्वोच्च अदालत पुगेका थिए ।