नेपाल कम्युनिष्ट पार्टी (एमाले) र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बीच आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तालमेलको सहमति भएको छ ।
दुई दलबीचमा आइतबार (११ माघ) भएको सहमतिअनुसार प्रलोपाबाट पश्चिम रुकुमका उम्मेदवार जनार्दन शर्मा र पूर्वीरुकुमका उम्मेदवार सन्दीप पुनको पक्षमा ‘आँखा’ चिह्नमा एमालेले सहयोग गर्ने सहमति भएको हो ।
यस्तै, कर्णाली प्रदेशका हुम्ला र जुम्लाबाहेक जिल्ला र पुरानो राप्ती अञ्चलका जिल्लामा एमाले उम्मेदवारका पक्षमा ‘सूर्य’ चिह्नमा प्रलोपाले सहयोग गर्ने सहमति भएको छ ।
सहमतिमा प्रलोपाका अध्यक्ष दुर्गा सोब र एमालेका तर्फबाट उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया