साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिमा साउदी अरेबियामा रहेका सम्पूर्ण नेपालीलाई आधिकारिक निकायबाट जारी हुने समाचाररनिर्देशनरसूचना बमोजिम सजग रहन अनुरोध गरेको छ ।
दूतावासले जारी गरेको अनुरोधपत्रमा भनिएको छ, ‘आधिकारिक रुपमा पुष्टि नभएका कुनै पनि प्रकारका समाचार, सूचना, जानकारी तथा फोटो, भिडियो सामाजिक सञ्जालमा नराख्न, सेयर र पोष्ट नगर्न र सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिने स्थान वा बस्तुको फोटो नखिच्न र भिडियो नबनाउन अनुरोध गर्दछौँ ।’
दूतावासले साउदी अरेबियाका आधिकारिक निकाय वा विश्वसनीय सञ्चारमाध्यमबाट आएका समाचारलाई मात्र विश्वास गर्न, पुष्टि नभएका हल्लाको पछि नलाग्न र राजदूतावास वा जेद्दास्थित नेपाली महावाणिज्य दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
दूतावासले ०११४६१११०८, ०११२८८३७९५, मोबाइल नम्बर ह्वाट्सएप : ९६६५०००२५९७३ र ९६६५३४३४३२१३ सम्पर्क गर्न अनुरोध गरेको छ । त्यसैगरी नेपाली महावाणिज्य दूतावास, जेद्दास्थित फोन नं. ०१२६२२६६६५, ०१२६२२६६८३, मोबाइल नम्बर : ह्वाट्सएप : ९६६५३५०२४१६९, ९६६५५९७४४२५३, ९६६५३१२५४०९९ र ९६६५३१३२८९५७ मा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।
प्रतिक्रिया