एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति

एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति


गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मालाई चयन गर्ने सहमति भएको छ ।

अध्यक्षमा उम्मेदवारी दिएका अन्य उम्मेदवारले नाम फिर्ता लिएपछि शर्माको नाममा सहमति भएको हो । अध्यक्षका लागि शर्माका अलावा रोविन शेरचन र रविन बज्राचार्यले उम्मेदवारी दिएका थिए । निर्वाचन समितिले सबै पदको नजिता एकैपटक सार्वजनिक गर्ने जनाएको छ ।

एनआरएन निर्वाचन समितिका अनुसार आज (२ चैत) कार्यसमितिको सबै विवरण सार्वजनिक गरिनेछ । निर्वाचन भन्दा पनि सहमतिका आधारमा कार्यसमिति चयन गर्न लागिएको बताइएको छ ।

शनिबारदेखि शुरु भएको एनआरएनए १२औं अधिवेशन आज सम्पन्न हुँदैछ ।