आमा

आमा


समयका पलपलहरूमा
सुन्दर फुलबारीको सौन्दर्यभित्र
सन्तानहरूलाई जन्माउँछिन् आमा ।

आफ्नो भर्भराउँदोपनभित्र
आफू रित्तिएर
आफू सिद्धिएर भएपनि
सन्तानको आँत रसिलो पार्दै
धरतीलाई हराभरा बनाउँछिन् आमा ।

आमाको स्तुतिमा जति लेखेपनि
जति देखेपनि
नदेखेपनि
चन्द्रसूर्यझैँ
महान् र चम्किली छिन् आमा,
बन्दनीय छिन् आमा ।

  • दिङ्ला, भोजपुर