चट्याङ लागेर युवकको मृत्यु

चट्याङ लागेर युवकको मृत्यु


गोरखामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । आइतबार (६ वैशाख) साँझ चट्याङ लागेर घाइते भएका शहीद लखन गाउँपालिका-५, तोरेनस्थित पोखरीडाँडाका २६ वर्षीय विनोद थापाको उपचारका क्रममा गएराति मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार घरभित्र मोबाइल चलाएर बसिरहेका बेला एक्कासि चट्याङ परेर थापा गम्भीर घाइते भएका थिए । उनको पचारका क्रममा प्रदेश अस्पताल गोरखामा मृत्यु भएको हो ।

असिनाले ७४ सवारीसाधनमा क्षति

चितवनमा आइतबार साँझ असिनासहितक परेको पानीबाट ७४ वटा सवारीसाधनमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालका अनुसार इच्छाकामना गाउँपालिका-३, ४ र ५ कुरिननिटार, मुग्लिन सहित पृथ्वी राजमार्गबाट विभिन्न गन्तव्यमा जाँदै गरेका र पार्किङ गरी राखिएका ती सवारीसाधनमा क्षति पुगेको हो ।

कायर्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार क्षति पुगेका सवारीसाधनहरु कार ५७, माइक्रो बस १५ , मोटरसाइकल र ट्रक एक/एक छन् । उनका अनुसार ती सवारीसाधनको सिसामा क्षति पुगेको छ ।