बुबाको हत्या अभियोगमा छोरा पक्राउ

बुबाको हत्या अभियोगमा छोरा पक्राउ


बुबाको हत्या गरेको अभियोगमा रुपन्देहीमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका-४ बेलडाँडा घर भएका २४ वर्षीय सुनिल थारूले यही वैशाख ११ गते बुबा ५८ वर्षीय जङ्गबहादुरलाई घाँटी अठ्याइ बेहोस पारेर फरार रहेका थिए । घाइते जङ्गबहादुरलाई कपिलवस्तुस्थित पिपरा अस्पतालमा उपचारका लागि पुऱ्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

सो घटनामा बुबाको हत्या अभियोगमा छोरा सुनिललाई नियन्त्रणमा लिइ थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक गणेश सापकोटाले जानकारी दिएका छन् ।