राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी


राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन् ।

राष्ट्रपति पौडेलद्वारा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज (१७ वैशाख) उक्त अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन् ।