हृदयरोगीलाई खुसीको खबर

हृदयरोगीलाई खुसीको खबर


community1एकपटक हर्टएट्याक भएको व्यक्तिले यौन क्रियाकलापमा संलग्न हुनु खतर्नाक हुन सक्छ भन्ने धारणालाई हालैको एक रिसर्चले गलत सावित गरिदिएको छ । गम्भीर प्रकृतिको हृदयाघातबाट बचेका व्यक्तिलाई यो खबर साँच्चै खुसीको छ, किनकि हर्टएट्याकको मारमा परेका व्यक्तिहरू सेक्सको दौरान पुनः एट्याक हुने त्रासका कारण हच्किने गरेका छन् । शोधकर्ताहरूले हर्टएट्याक भएका व्यक्तिहरू पूर्ववत् रूपमा यौन सम्बन्धमा सरिक हुन सक्ने र पूरै सुरक्षित रहने बताएका छन् । जर्मनीको उल्म युनिभर्सिटीका मेडिकल बायोमेट्री विभागका अध्यक्ष एवम् रिसर्च टिमका प्रमुख डा. डायट्रिक रोदेनवासरले यौन सम्बन्ध गरेकै कारण हर्ट एट्याकको सम्भावना रहने नदेखिएको अनुसन्धानबाट पुष्टि भएको दाबी गरे । उक्त अनुसन्धानमा ३० देखि ७० वर्ष उमेर समूहका पाँच सय ३६ व्यक्तिलाई सरिक गराइएको थियो जसलाई कुनै बेला एकपटक हृदयाघातले आक्रमण गरिसकेको थियो ।
-नवीन उप्रेती