सातौँको गीत र नारा तय

सातौँको गीत र नारा तय


7thपूर्वाञ्चलमा हुने सातौँ राष्ट्रिय खेलकुद– २०७२ का लागि गठित कार्यकारी समितिको बैठकले राष्ट्रिय खेलकुदको गीत र नारा छनोट गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवसमेत रहेका कार्यकारी समितिका अध्यक्ष केशवकुमार विष्टको अध्यक्षतामा गतसाता बसेको बैठकले गीत र नारा छनोट गरेको समितिका सदस्य एवम् राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् ।
प्राप्त विभिन्न ११ मध्ये ‘पूर्वाञ्चलमा सातौँ राष्ट्रिय खेलकुद, विविधतामा रमाएर बाचौँ’ भन्ने नारालाई पारित गरिएको थियो भने टंक उप्रेतीले तयार पारेको गीत छनोट गरिएको थियो । सो अवसरमा बैठकले सातौँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी र शारीरिक सुगठनको दुवै प्रतियोगिता सातदोबाटोमा गर्ने निर्णय गरेको थियो । खेलाडीले पाउने सेवा/सुविधा खेलाडी आफैँले प्रत्यक्ष थाहा पाऊन् भन्ने उद्देश्यले त्यसबारे राष्ट्रिय दैनिकमा प्रकाशित गर्नुका साथै ७५ वटै जिल्ला खेलकुद विकास समिति तथा पाँचै क्षेत्रीय खेलकुद विकास समितिमा सूचना टाँसिने भएको छ । साथै खेलकुद परिषद्को वेबसाइटमा पनि उक्त विरवरण राखिने भएको छ ।