परिवार – मनु मञ्जिल

परिवार – मनु मञ्जिल


हामी अलग–अलग युगमा उदाएर पनि सँगै थियौँ
अनेक क्षितिजहरूदेखि उडी आयौँ एउटा गुँड बनायौँ
हामी अलग–अलग युगमा उदाएर पनि सँगै थियौँ
अनेक क्षितिजहरूदेखि उडी आयौँ र एउटा गुँड बनायौँ
हाम्रा मनहरू ओच्छ्यायौँ
र, सानो एउटा धर्ती बनायौँ
एउटै सितारबाट अनेक धुनहरू गुञ्जियौँ
अनेक फूल– हामीले एउटै बगैँचा सजायौँ
एकै ठाउँ बसेर हावामा अनेक सुगन्धहरू मिसायौँ
हामीले एउटै अँगेनोबाट जीवनको न्यानो ताप्यौँ
झ्यालबाट एकसाथ चराहरू र,
स्वर्गको रङ्ग खसेका सुनौला पर्वतमालाहरू हेर्‍यौँ
पाइलाका डोबहरू जोडेर गोरेटाहरू बनायौँ
आवाजहरू गाँसेर गीत बनायौँ
रिस पोख्यौँ र एकसाथ चिप्लिएर मझेरीमा लड्यौँ पनि
रिस पोख्यौँ र एकसाथ चिप्लिएर मझेरीमा लड्यौँ पनि
अनुहारमा ठोक्किने हावा मात्तिउन्जेल हाँस्यौँ पनि
अनेक खोल्सीहरू मिल्यौँ र नदी बन्यौँ
हामी ताराहरू मिल्यौँ र आकाशगङ्गा बन्यौँ ।
तर, प्रेम पनि अमर रहेन र, विरहका गीतहरू बने
घाम–जून अस्ताउँदै गए र आँखाबाट छहराहरू बगे
घरको झ्यालबाट हराउँदै गए आफूसित मिल्ने अनुहारहरू
घरको झ्यालबाट हराउँदै गए आफूसित मिल्ने अनुहारहरू
आकाशगङ्गाका उज्याला आँखाहरू निदाउँदै गए
वृक्षबाट एक–एक गर्दै पातहरू झर्दै गए र
छहारीहरू पातलिँदै गए
जीवन फेरि जीवनजत्तिकै एक्लो बन्यो
ती जो आज मेरा सुस्केरा बन्दै गए
ती जो घरबाट निक्लेर एकाएक–
वाफझैँ क्षितिजतिर हराए
र, म जो एकान्तको झ्यालबाट अहिले–
बाहिर अनन्त फैलिएको शून्य हेरिरहेको छु
अलग–अलग बाटाका पदयात्रीहरू
जीवनको उनै देउरालीमा – हामी सँगै थियौँ ।

सहमति !– प्रकाश प्रधान
स्व–स्वार्थले अन्धा मानिस
निस्वार्थ सेवाको मर्म
जनस्वार्थको महत्व
समाजसेवाको मज्जा
राष्ट्रसेवाको महानता
कसरी बुझ्न सक्छन् ?

उसलाई महल बनाउनु छ
किमती गाडीमा गुड्नु छ
अदनामाथि हैकम गर्नु छ
आशावादीको जमात जगेर्नु छ
आफ्ना पिछलग्गुको व्यवस्था गर्नु छ
प्रशस्त कमाएर सातपुस्ता जोगाउनु छ
सास छउन्जेल सान–सौकतले जिएर
सास पुस्केपछि सालिकमा समेत जिउनु छ

जसको स्वार्थका लागि नेता बन्छन् मान्छे
जुन इलाका हुँदै देश उन्नतिका लागि नेता बन्छन् मान्छे
जुन सिद्धान्तको पुजारी बनेर अरूलाई मन्त्रमुग्ध पार्छन् मान्छे
जुन त्याग, प्रतिज्ञा र विश्वास देखाएर चुनाव जित्छन् मान्छे
जितपछि देखाउने–देखिने सच्चा रङ्ग बदलिएर
भानेमुङ्ग्रो या छेपारोको अवतार बन्छन् मान्छे

यस्तैयस्ता नेताहरूबीच स्वार्थ टकराएको छ
अनि वर्तमानको पुस्ताले व्यहोरेको जीवनमा
अनि सहमति नभई नचल्ने अवस्थामा
निस्वार्थको आवश्यकताबोध कता हो कता !