डिब्बाको मासु पनि यस्तो खतर्नाक !

डिब्बाको मासु पनि यस्तो खतर्नाक !


OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA

डिब्बाबन्द मासु खाँदा क्यान्सर हुने सम्भावना अत्यधिक बढ्ने दाबी अनुसन्धानकर्ताहरूले गरेका छन् । अध्यताहरूको हवाला दिएर विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको एक रिपोर्टमा जनाइएअनुसार दिनमा ६० ग्राम डिब्बाबन्द मासु खानेलाई कलेजोको क्यान्सर हुने सम्भावना करिव २० प्रतिशतले बढ्दछ । रातो मासु खानेलाई यस्तो जोखिम थप बढ्ने रिपोर्टमा उल्लेख छ । डिब्बामा बन्द गरिएको मासुलाई नुनका साथै विभिन्न रसाइन हालेर लामो समयसम्म खान मिल्ने तुल्याइएको हुन्छ । यसरी प्रेसेस गरिएको मासुलाई सम्बन्धित वैज्ञानिकहरूले चुरोट र रक्सीकै कोटीमा राखेका छन् । डिब्बाबन्द मासु खाई क्यान्सर भएर मर्नेको सङ्ख्या हरवर्ष३४ हजार रहेको अनुमान गरिन्छ । मदिराको कारण उत्पन्न क्यान्सरबाट मर्नेको सङ्ख्या प्रतिवर्ष ६ लाख र धुमपानबाट क्यान्सर भई मर्ने १० लाख रहेको डब्लुएचओको तथ्याङ्क छ ।