लसुन खाने पुरुषसँग महिला मख्ख

लसुन खाने पुरुषसँग महिला मख्ख


Lasun 3
लसुन खान रुचाउनेहरूलाई अत्यन्त सुखद् सन्देश आएको छ । हालै गरिएको एक अध्ययनले लसुन खाने पुरुषतर्फ महिला बढ्ता आकर्षित हुने नतिजा देखिएपछि यस्तो अनुभूति गरिएको हो । अध्ययनकर्ताहरुका अनुसार बढ्ता लसुन खाने पुरुषको शरिरबाट निस्कने पसिनाको गन्ध महिलाहरू अत्यन्त मन पराउँछन् । महिलाको सोच या प्रवृत्ति यसरी विकसित भएको छ कि अब उनीहरुलाई लसुन खानेहरू बढिया लाग्छन्– वैज्ञानिकहरूको मान्यता छ । लसुनमा एन्टीबायोटिक, एन्टीभाइरल र एन्टीफङ्गल गुण हुन्छन् । यस्तोमा पुरुषको पसिनाबाट आउने लसुनको गन्धले महिलालाई त्यस्ता पुरुष स्वस्थ रहेको सङ्केत दिलाउँछ । वैज्ञानिकहरूले पनि जति बढी लसुन खान सकिन्छ शरिरको रोगसँग लड्ने शक्ति पनि उत्तिकै बढ्ने दाबी गरेका छन् ।