गणेश थापामाथि फिफाको गम्भीर कारबाही

गणेश थापामाथि फिफाको गम्भीर कारबाही


Ganesh Thapa
काठमाडौं । वर्षौंदेखि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अध्यक्षका रुपमा एकलौटी राज गर्दै आएका गणेश थापामाथि विश्व फुटबल महासङ्घ (एन्फा)ले १० वर्षको प्रतिबन्ध लगाएको छ । घुस लिएको आरोपमा फिफाले थापालाई १० वर्षे प्रतिबन्धसँगै २० हजार स्विस फ्राङ्क (लगभग बीस लाख) जरिवाना पनि गरेको छ ।
एसियाली फुटबल महासङ्घका उपाध्यक्षको कार्यभार सम्हालेका थापाविरुद्ध फिफाको आचार समितिले यस्तो कदम चालेको एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले जानकारी दिए । अध्यक्ष थापामाथि कारबाहीबारे एन्फा कार्यसमितिको विधानअनुसार केही दिनभित्रै बैठक बसेर निर्णय लिइने उल्लेख गर्दै फिफाको निर्णय आफूहरुले मान्ने पनि उनले बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)का मनोनीत सांसद समेत रहेका थापा आर्थिक प्रकरणमा पटक पटक विवादमा मुछिए पनि ठूलो कारबाहीबाट बच्दै आएका थिए । तथापि, फिफाको विधानअनुसार अध्यक्ष थापाले कारबाहीविरुद्ध अपील भने गर्न पाउने छन् ।