
काठमाडौं । आन्दोलनरत् धनुषाका विभिन्न संघसंस्थाहरुले एमालेका सदस्यहरुलाई पार्टी परित्याग गर्न दबाब दिन थालेका छन् । जनकपुर उद्योग वाणिज्य संघ, मधेश अधिकार संघर्ष समिति (मास), संयुक्त युवा संघर्ष समिति, मधेश नागरिक समाज संघर्ष समिति, प्रगतिशील मधेशी समाज, मधेश क्रान्ति संघर्ष समिति, मधेश हकहित मोर्चा, स्टेसन एरिया युवा समाज, प्याब्सन तथा एनप्याब्सनको सामूहिक बैठकले एमालेका नेता, कार्यकता, सांसद तथा सदस्यहरुलाई पार्टी परित्याग गर्न आग्रह गरेको आन्दोलनरत मोर्चासम्बद्ध कार्यकर्ताहरूले जनाएका छन् । सो बैठकले एमाले परित्याग गरी मधेश आन्दोलनमा सहभागी हुने आग्रह गर्दै त्यसो नगरे मधेश प्रवेशमा रोक लगाउने र खोजी–खोजी कालोमोसो दली सामाजिक बहिष्कार गर्ने चेतावनी दिएका छन् । यसलाई मानवअधिकार हननको गम्भीर घटनाको रुपमा हेरिएको छ ।
उल्लेखित संघ–संस्थाको बैठकले राजमार्गकेन्द्रित आन्दोलनमा बसेका आन्दोलनकारीहरुमाथि राज्यद्वारा आतंकित शैलीमा गरिएको गोलिबारीप्रति घोर भत्र्सना गर्दै राज्यको नियतमा शंका देखिएकोप्रति सुरक्षाकर्मी तथा सुरक्षा निकायको घोर निन्दा गरेको छ । राज्यद्वारा मानवअधिकारको हनन गर्दै मधेशलाई नै सखाप पार्ने चरित्र देखाएकोले सबैलाई गम्भिर हुनु आवश्यक देखिएको पनि बैठकले जनाएको छ ।
प्रतिक्रिया