‘पोखरा विमानस्थलको शिलान्यास दुई महिनाभित्रै’

‘पोखरा विमानस्थलको शिलान्यास दुई महिनाभित्रै’


पोखरा विमानस्थल
पर्यटकीय सहर पोखराको विकासका लागि सरकारले १६बुँदे अवधारणा अघि सारेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले जानकारी दिएका छन् । नेकपा (एमाले) कास्कीद्वारा पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा एमाले नेता पोखरेलले अत्यावश्यकीय पर्यटकीय पूर्वाधारको विकासबाट मात्र पोखराको पर्यटन फस्टाउन सक्ने उल्लेख गर्दै १६बुँदे अवधारणामा अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा चक्रपथ, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, क्रिकेट स्टेडियमलगायत विषय समेटिएको बताए । पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय विमानस्थलका लागि चिनियाँ एक्जिम बैंकले ऋण स्वीकृत गरिसकेको र अर्थमन्त्रीको चीन भ्रमणपछि ऋण सम्झौता हुने बताउँदै मन्त्री पोखरेलले आगामी दुई महिनाभित्रमा विमानस्थलको शिलान्यास भइसक्ने दाबीसमेत गरे ।